Headlines

विश्व हिन्दू परिषद नेपाल मोरङ विराटनगरले अन्तरक्रियाकार्यक्रम सम्पन्न गर्यो

काठमाण्डौ,२१ मंगसिर । विराटनगरको कृष्णा होटलमा विश्व हिन्दू परिषद नेपाल मोरङ विराटनगरले अन्तरक्रियाकार्यक्रम सम्पन्नगरेको छ । अन्तरक्रिया कार्यक्रम विश्व हिन्दू परिषद विराटनगर मोरङका अध्यक्ष रमेश कुमार चापागाईंको अध्यक्षतामा भएको थियो । परिषदका अन्तर्राष्ट्रिय महामन्त्री माननीय मिलिन्द परान्देको प्रमुख अतिथि रहेको थियो । उक्त कार्यक्रमको उद्घोष गंगा सुवेदी प्याकुरेलले गरेकी थिइन् । अतिथिको रूपमा विहिप नेपालको…

पुरा पढ्नुहोस

अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाण्डौ २१ मंगसिर । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन । लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सन्जाल एक्समार्फत् जानकारी दिएको हो । गोली चल्नुको…

पुरा पढ्नुहोस

नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाललाई फिर्ता गर्यो

काठमाण्डौ, २१ मंगसिर । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरिएको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा…

पुरा पढ्नुहोस

शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भए, को को भए त हेर्नुहोस पुरा समाचार

काठमाडौँ, २१ मंगसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले रातोपाटीलाई बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी,…

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता

काठमाडौं, २१ मंगसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचरले बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव: राधामाधव नमोस्तुते, दयाकाखानि दुख: कष्ट हर्ने, राधामाधव भगवानको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं

काठमाण्डौ, २१ मंगसिर । आजको राशिफल : सर्वदु;खहरेदेव: राधामाधव नमोस्तुते, दयाकाखानि दुख: कष्ट हर्ने राधामाधव भगवानको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,भिडियो सहित । जयजय करुणादेव,संकटहर्ता राधामाधव नमोस्तुते,। समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती, बिघ्न, संकट,हर्ने, दु;ख दरिद्र हर्ने,| भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने,सच्चा…

पुरा पढ्नुहोस

यस्तो फोटो र यसकारण पाएका थिए, बबी देवलले एनिमलमा काम

काठमाडौं,२० मंगसिर । बलिउड अभिनेता बबी देवलले सन् २०१८ मा सलमान खानसँग रेस थ्रीबाट आफ्नो कमब्याक गरिसकेका थिए । त्यसयता लभ होष्टल, आश्रम र हाउसफूल ४ बाट पनि उनले बलिउडमा आफ्नो पुनरागमन प्रमाणित गरिसकेका छन् । तर एनिमलले जत्तिकै उनको फ्यानहरूमा प्रभाव अरूले पार्न सकेन । संदिप वांगा रेड्डीको एनिमलमा खलनायकको भूमिकाले बबीको फिल्मी करियरलाई…

पुरा पढ्नुहोस

रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला ।

काठमाडौँ,२० मंगसिर । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो…

पुरा पढ्नुहोस

संभोगपछि किन अपवित्र हुन्छन् महिलापुरुष ? के पूजा गर्न मिल्दैन ? अरु कुनै प्राणी अपवित्र नहुने, मान्छे किन हुने ?

काठमान्डौ, २० मंगसिर । के यौनसम्पर्क पछि किन अपवित्र हुन्छन् पुरुष,महिला ? के पूजा गर्न मिल्दैन ? यौनसम्पर्कपछि अरु कुनै प्राणी अपवित्र हुदैन भने मान्छे मात्र किन हुने ? कुनै पनि धर्ममा यौनसम्पर्क सामान्य जीवनको अभिन्न र प्राकृतिक प्रक्रिया हो र यसलाई कुनै पनि हिसाबले अपवित्र मानिएको छैन। यो एक प्राकृतिक अखंडता हो जुन जीवन…

पुरा पढ्नुहोस

कसले बनाएका थिए ‘एनिमल’ को ५०० किलोको मेसिनगन?

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले भारतीय बक्स अफिसमा २४० करोड ८५ लाख भारू कमाएको छ। यो एक्सन फिल्म हो। फिल्ममा रणवीरले ५०० किलोको मेसिनगन चलाएका छन्। कतिपयले उक्त मेसिनगन विदेशमा बनेको अनुमान लगाएका थिए। तर फिल्मको एक प्रमोसन कार्यक्रममा निर्माण…

पुरा पढ्नुहोस