काठमाण्डौ, २० असार ।
नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ। मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन । तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् । मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् ।
सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् । वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।
मेयर सोसाले बेहुली बनाएको आफ्नो गोहीलाई चुम्बन गरेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् । बेहुली गोहीको मुख भने बन्द गर्नका लागि बाँधिएको छ ।
सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ । सहरको राजनीतिक नेतृत्वसँग गोहीको बिहेलाई मानिस र ईश्वरको मिलनको रुपमा लिइन्छ ।
सहरका चोन्टल र हुआभे आदिवासी समुदायमा यस्तो गोहीसँग बिहे गर्ने परम्परा रहँदै आएको छ ।गोहीसँग बिहे गरेपछि मेयर सोसाले पत्रकारहरुसँग कुराकानी गर्दै सो परम्परा दुई समुदायको संस्कृति बीचको मिलन भएको बताए ।
पछिल्लो २३० वर्षदेखि चल्दै आएको उक्त परम्परा अनुसार मेयरलाई चोन्टल समुदायको राजा मानिन्छ भने पोथी गोहीलाई हुआभे समुदायकी राजकुमारी मानिन्छ ।ती दुई समुदायको मेलमिलापको प्रतिकको रुपमा सो विवाहलाई लिइन्छ ।
।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution