काठमाडौं: पाकिस्तान र जापानमा बाढीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ । पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ । पाकिस्तानमा गएको जुन २५ देखि सुरु भएको मनसुनी वर्षा र बाढीबाट अहिलेसम्म ८६ जनाले ज्यान गुमाएका छन् ।
एक सय ५० जना भन्दा धेरै घाइते भएका छन् । बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । त्यस्तै जापानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोमा ४ जनाले ज्यान गुमाएको र ५ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । बाढी र पहिरोमा परी १९ जना घाइते भएका छन् । जापानको दक्षिणपश्चिम क्युसु क्षेत्र बाढीले प्रभावित भएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution