काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ गाडीलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीलाई कारबाही गरिएको जानकारी दिए। कारबाही गरिएकामध्ये लेन उल्लंघन गर्ने ३८ हजार तीन सय ६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार नौ सय ३२ गाडी कारबाहीमा परेका छन् ।
त्यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभावी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने सात सय ३६, जथाभावी हर्न बजाउने १४ हजार चार सय ४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने एक सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार चार सय ८५ गाडी रहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक ९डिआइजी०को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । अहिले देशभर ३० लाखभन्दा बढी गाडी सञ्चालनमा रहेका छन् । तीमध्ये काठमाण्डौ उपत्यकामा मात्र १२ देखि १५ लाख गाडी सञ्चालनमा रहेका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution