


काठमाण्डौ, ३० असार ।
तेह्रथुमको आठराई गाउँपालिका वडा नं २ खाम्लालुङ्ग वाइफ़ुङ्गमा पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ। चार जना सामान्य घाइते भएका छन्। मृत्यु हुनेमा आठराई गाउँपालिका वडा न २ खाम्लालुङ्ग निवासी वर्ष ६३ का देवी कुमार थलङ रहेका छन्।
पहिरोले पुरिएर गम्भीर घाइते भएका थलङको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथर फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरलाइ उदृत गर्दै ईलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रमूख विद्या सागर मेहेताले जानकारी दिए ।
घाइते हुनेहरुमा ८४ वर्षीय जसमाया खापुङ्ग,वर्ष ६३ का गणेश इस्वो ,वर्ष २८ का राजेश थलङ र करीना थलङ रहेका छन्। घाइतेहरु मध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिममा र बाकीको प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्ति बजारमा उपचार भै रहेको छ।
अविरल वर्षाका कारण शुक्रवार दिनको १२ बजे तिर घर माथिबाट पहिरो खसी घर पुरिएको थियो। घर पूर्ण रुपमा क्षति भएको छ। घरमा रहेका,अन्नपात,लत्ता कपडा,भाडा वर्तन लगाएत घर र घरमा रहेको पसलका सामान सहित अन्दाजी २७ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सक्रान्ति बजारले जनाएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution