काठमाडौं: नेपाली कांग्रेसका सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरिरहनु गलत भएको बताएका छन् ।
आजदेखि सुरु भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक नभएको बताए ।
सुन तस्करीका बारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिन गरिरहेको छ । कांग्रेस सांसदहरुले आपराधिक घटनाका अनुसन्धानका लागि राज्यकै संयन्त्र बलियो बनाउनु पर्ने र प्रहरी प्रशासनलाई विश्वास गर्नु पर्ने बताए ।
अर्जुननरसिंह केसी र उदयशमशेर जबराले भने आयोग बनाउने हो भने पूराना घटनासमेत छानबिन गर्ने गरी शक्तिशाली आयोग बनाउनु पर्ने बताएका थिए । केहीले भने आफ्ना सांसद सुनिल शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गरेको भन्दै आपत्ति पनि जनाएका छन् । संसदीय दलको बैठकमा आज १६ जना सांसदले बोलेका छन् । बैठक आइतबार फेरि बस्ने गरी आजका लागि सकिएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution