• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
८ असार २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे

१ दिन अघि
२

गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल

१ दिन अघि
३

गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’

२ दिन अघि
४

प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै

२ दिन अघि
५

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ” समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न

३ दिन अघि
६

नगरबाट सम्पादन हुने कामहरु पारदर्शी हुने भएकाले प्रश्न उठ्नु स्वभाविक हुन्छ : नगरप्रमुख आइतमान तामाङ

३ दिन अघि
७

पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब संयुक्तमा विजेता

३ दिन अघि
८

विश्वविद्यालयमा तोडफोड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली

३ दिन अघि
९

निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’बारे प्रशासनिक तहमा छलफल : प्रधानमन्त्री केपी शर्मा ओली

३ दिन अघि
१०

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

१ हफ्ता अघि
११

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

१ हफ्ता अघि
१२

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे

    १ दिन अघि
  • २

    गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल

    १ दिन अघि
  • ३

    गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’

    २ दिन अघि
  • ४

    प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै

    २ दिन अघि
  • ५

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ” समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न

    ३ दिन अघि
  • ६

    नगरबाट सम्पादन हुने कामहरु पारदर्शी हुने भएकाले प्रश्न उठ्नु स्वभाविक हुन्छ : नगरप्रमुख आइतमान तामाङ

    ३ दिन अघि
  • ७

    पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब संयुक्तमा विजेता

    ३ दिन अघि
  • ८

    विश्वविद्यालयमा तोडफोड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    ३ दिन अघि
  • ९

    निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’बारे प्रशासनिक तहमा छलफल : प्रधानमन्त्री केपी शर्मा ओली

    ३ दिन अघि
  • १०

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    १ हफ्ता अघि
  • पढाईको नाममा नेपाली छोराछोरीहरु सबै अमेरिका र अस्ट्रेलिया पलायन, बृद्ध आमाबुबा बेसाहरा, एकदम दयनीय ।

    CB Nepal१ साल अघि

    काठमाण्डौ, २९ भाद्र । नेपालमा कन्सलट्रेन्सीहरुले अमेरिका, अस्ट्रेलिया पठाइदिने नाममा ३० लाखदेखि ३५ लाख रुर्पैयाँ असुलिरहेका छन् । धितो नभएको तथा आयस्रोत नभएको व्यक्तिको समेत उनीहरुले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म घुस खाएर बैंकमार्फत लाखौंको धितो देखाउने गरेका छन् । पछिल्लो समय नेपालबाट अमेरिका, अस्ट्रेलिया गएकामध्ये अधिंकाश यसरी नै गएका छन् । र, यो कुरा लुकेर लुक्दैँन ।

    नेपालबाट अमेरिका, अस्ट्रेलिया पढ्न तथा काम गर्नका लागि गएका विद्यार्थी तथा व्यक्तिहरुले देखाएको धितो त्यहाँको सरकारले चेकजाँच गर्दैन । यदि त्यहाँको सरकारले यो चेकजाँच गर्ने हो भने अधिंकाश नेपालीहरु नेपाल फर्किनुपर्ने हुन्छ । अहिले बजारमा सुनिन्छ कि एक आना समेत जग्गा नभएका व्यक्तिले २५ लाखदेखि ३० लाख रुपैयाँसम्म दिएमा उसको सम्पूर्ण काम कन्सलट्रेन्सी गरिदिन्छ । र, उनीहरु अमेरिका, अस्ट्रेलिया जान पाउँछन् ।

    नेपालको पैसा बैंक तथा कन्सलट्रेन्सीका कारण विदेश गइरहेको छ । यता, पढ्ने नाममा दक्ष, सिपयुक्त जनशाक्ति पनि पलायन भइरहेका छन् । अहिले कन्सलट्रेन्सी तथा बैंकहरुले १२ पास भउका विद्यार्थी तथा युवाहरुलाई नेपालमा बसेर केही नहुने भन्दै अमेरिका, अस्ट्रेलिया जानका लागि फर्काइरहेका छन् ।

    एकातिर पढ्ने नाममा वर्षेपिच्छे खर्बो नेपाली पैसा विदेश गइरहेको छ, अर्कातिर उनीहरु त्यहाँ पुगेपछि नेपाल फर्किदैँँनन् । न त कमाएर नै यता पैसा पठाउँछन् । अमेरिका, अस्ट्रेलिया पुगेपछि मानिसहरु त्यँही कमाउँछन् र त्यँही रमाउँछन् । नेपालमा पैसा पठाउँदैनन् ।
    आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा सेटल भएपछि नेपालमा भएका आमाबुबा पनि यहाँको सम्पत्ति बेचेर उत्तैतिर लाग्छन् । मुलुकको अर्थतन्त्र डामाडुल अवस्थामा पुग्नुमा यो पनि एउटा कारण हो । अहिले बजार मन्दीमा छ । व्यापारव्यवसाय पूरै ठप्प छ । खाडी मुलुकमा गएका नेपाली युवाहरु कमाएर नेपालमा पैसा पठाउँछन् ।

    उनीहरुले नेपाल समेत फर्किन्छन् । अहिले मुलुकको अर्थतनत्र यीनै खाडी मुलुकमा गएका नेपाली जनताले पठाएको रेमिट्यान्सबाट धानिरहेको छ । तर, अमेरिका, अस्ट्रेलिया गएकाहरुले यहाँ पैसा त पठाउँदैनन् नै यहाँ भएको पुर्खौली सम्पत्ति समेत बेचेर उत्तै घर बसाउँछन् । सरकारले अझै पनि पढ्ने नाममा अमेरिका, अस्ट्रेलिया जानमा रोक लगाएको छैन ।

    यसले गर्दा आज नेपाली जनशक्ति विदेश पलायन हुनुका साथै नेपाल कंगाल भएको छ । आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएका अभिभावकहरु नेपालमा बसेर ठुल्ठुला कुरा गर्छन् । उनीहरु आफ्रनै मातृभूमिको बदनाम गर्छन् । अब सरकारले अमेरिका, अस्ट्रेलिया गएर त्यहाँको नागरिकता लिइसकेको व्यक्ति आफ्नो पुर्खौली सम्पत्तिबाट वञ्चित हुने भनेर कानून बनाउनुपर्छ ।

    सरकारले अब नेपाली विद्यार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया जानबाट रोक्नै पर्छ । अमेरिका, अस्ट्रेलिया जाँदा खर्च हुने २५–३० लाख रुपैयाँले नेपालमै व्यापारव्यवसाय सञ्चालन गरेमा राज्यलाई पनि कर आउँछ र मुलुकमा रोजगारीका अवसर सिर्जना हुन्छ । अहिले सरकारी जागिर खाएका तथा व्यापारव्यवसाय, राजनीति गरेर कमाएकाहरुले आफ्ना छोराछोरी १२ पास हुनेबित्तिकै अमेरिका, अस्ट्रेलिया पठाउँछन् ।

    पछिल्लो समय नेपालको शैक्षिक क्षेत्रमा निकै सुधार आएको छ । चाँहे त्यो सरकारी विद्यालयमा होस् या निजी विद्यालयमा । अहिले विद्यार्थी तथा युवाहरुलाई कक्षा १२ नभएसम्म नेपाल मन पर्छ । यहाँको शिक्षा राम्रो लाग्छ । तर, १२ पास हुनेबित्तिकै उनीहरु यहाँको शिक्षा राम्रो नरहेको भन्दै पढ्नका लागि अमेरिका, अस्ट्रेलिया जान्छन् ।

    अहिले मानिसहरुलाई नेपालमा व्यापारव्यवसाय गर्न लाज लाग्छ । तर, २५–३० लाख रुपैयाँ खर्च गरेर अमेरिका, अस्ट्रेलिया पुगेर त्यहाँ भाडा माझ्न लाज लाग्दैन । यसरी अमेरिका, अस्ट्रेलिया पुगेपनि उनीहरु नेपाललाई गाली गर्न छोड्दैँनन् । जो मान्छे आफु जन्मिएको देशका लागि के गर्न सक्दैँन, उल्टै देशलाई धरायसी बनाउने काम गर्छ, ऊ नै ठूल्ठूलो कुरा गर्छ ।

    अहिले मुलुकको अर्थतन्त्र धरायसी बनाउनुमा कन्सलट्रेन्सी र बैंकको ठूलो हात छ । आफ्नो फाइदाका लागि उनीहरुले पैसा खाएर सबै नेपाली विद्यार्थीलाई अमेरिका, अस्ट्रेलिया पठाइदिए । जनता जिम्मेवार भएनन् । कसैलाई पनि आफ्नो मातृभूमिको माया छैन । अनि राजनीतिक दलका नेतालाई मात्र किन दोष दिनु ? अहिले बजारमा आएको मन्दी नेताले हटाउन सक्दैँन ।

    न त पढ्नका लागि अमेरिका, अस्ट्रेलिया गएका नेपाली विद्यार्थी तथा नागरिक स्वदेश फर्किन्छन् । अझै पनि अधिंकाश विद्यार्थी तथा अभिभावकहरु आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउनका लागि कन्सलट्रेन्सी धाइरहेका छन् । उनीहरुलाई आफ्नो मातृभूमिको माया छैन । जे जसरी भएपनि उनीहरुलाई अमेरिका, अस्ट्रेलिया पुग्नुछ ।

    विदेशी सरकार निकै बाँठो छ । अहिले पढ्न भनेर काम गर्नका लागि नेपाली युवाहरु अमेरिका, अस्ट्रेलिया गइरहेका छन् । तर, त्यहाँको सरकारले त्यहाँ आम्दानी गरेको रकम त्यँही खर्च गराउन लगाउँछ । जसले गर्दा उनीहरुले नेपालमा एक सुको समेत पठाउँदैनन् ।
    कतिपय अभिभावकहरुले त पुर्खौली सम्पत्ति बेचेर आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाएका हुन्छन् । तर, छोराछोरी भने उत्तै कमाएर उत्तै रमाउँछन् । विदेश पुगेका आफ्ना छोराछोरीले उनीहरुलाई हेर्दैनन् । बुढेसकालमा आफ्ना छोराछोरीको सबैभन्दा बढी आवश्यकता हुँदा समेत उनीहरु फर्किएर आउँदैनन् ।

    कतिपय त अभिभावक मरेपछि पनि शव जलाउनका लागि फर्किदैँनन् । उदाहरणका लागि संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एंव प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भद्रौ २६ गते निधन भयो । उनले मृत्युअघि आफ्ना छोराछोरीको मुख समेत हेर्न पाएनन् । दुवै छोराहरु विदेश भएपछि उनको अन्त्येष्टमा समेत ढिलाइ भएको छ ।

    यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता थुप्रै घटना छन् । जहाँ अभिभावकको मृत्युपश्चात् पनि छोराछारीहरु शव जलाउन फर्किदैँनन् । अनि आफन्तजन र छिमेकीहरुले जलाउनुपर्छ । अहिले आँखा भरी सपना बोकेर नेपाली युवाहरु अमेरिका, अस्ट्रेलिया पुग्छन् । तर, आफ्नो देश र आफ्ना आमाबुबालाई बिर्सिन्छन् ।

    छोराछोरी अमेरिका, अस्ट्रेलिया भएका अभिभावकहरु उमेर भएसम्म छरछिमेकसमक्ष ठूल्ठूल्ला कुरा गर्छन् । तर, बिरामी पर्दा उनीहरुलाई हेर्ने कोही हुदैँन । पैसा भएपनि उनीहरुको मनमा शान्ति हुदैँन । किनकि उनीहरुको अन्तिम इच्छा आफ्ना छोराछोरीसँग भेट्नु हुन्छ । तर, छोराछोरी नै नफर्किएपछि आशैआशमा उनीहरुले जीवन त्याग्छन् ।

    अनि जतिसुकै धनी भएपनि मर्ने बेलामा समेत आफ्ना छोराछोरी भेट्न नआएपछि पैसाको के काम ? दुई दशकअघिसम्म एउटै मान्छेको पाँचदेखि दश जनासम्म सन्तान हुन्थ्यो । आमाबुबा गरिब भएपछि सन्तानहरु कलिलै उमेरमा आफुले जानेको कुरा गर्न थाल्थे । जुनसुकै अफ्रयाठ्रो परिस्थितिमा समेत उनीहरु आत्तिदैँनन् थिए ।

    तर, पछिल्लो समय मानिसहरु एउटा मात्र सन्तान जन्माउँछन् । सन्तानले जे भन्यो त्यँही पूरा गरिदिन्छन् । उनीहरुलाई दुःख के हो भनेर महसुस समेत हुन दिदैँनन् । अनि जीवनमा अलिकति चूनौती आउनेबित्तिकै उनीहरु आत्तिएर वा सहन नसकेर आत्महत्या गर्छन् । यसरी भएको एउटा सन्तानले समेत आत्महत्या गरेपछि आमाबुबाको बुढेसकालको सहारा गुम्छ ।

    उनीहरु एक्लो हुन्छन् । मरेपछि समेत आफन्तजनले शव जलाउनुपर्छ । कतिपय त सुखै सुखमा हुर्किएर १२ कक्षा पास भएपछि अमेरिका, अस्टे्रलिया पुग्छन् । अनि काम गर्न नसकेर आत्महत्या गर्छन् । अहिले यस्ता घटना बढिरहेका छन् । यसले एकातिर पैसा गुम्नुका साथै अर्कातिर छोराछोरी समेत गुमाउँछन् अभिभावकहरुले । अहिले त सरकारमा बस्ने नेता तथा कर्मचारीहरु नै विवाह नगरी बसेका छन् । विवाह गरेपनि कतिपयको सन्तान छैन । सन्तान भएपनि कतिपयको एउटा मात्र छ ।

    त्यसैले, सरकारले एउटा मात्र सन्तान जन्माउनुमा प्रतिबन्ध लगाउनुपर्छ । अनिवार्य विवाह गर्नुपर्ने र दुईदेखि तीन जनासम्म सन्तान जन्माउनुपर्ने भनेर निर्णय गर्नुपर्छ । साथै, पढ्नका लागि अमेरिका, अस्ट्रेलिया जानमा रोक लगाउनुपर्छ । यदि सरकारले यस्तो कार्य नगरे मुलुकमा बुढाबूढी मात्र हुनेछन् । लेखक रुषा थापा = भक्तपुर ।।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे
  • गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल
  • गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’
  • प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे
    १ दिन अघि

  • २

    गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल
    १ दिन अघि

  • ३

    गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’
    २ दिन अघि

  • ४

    प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै
    २ दिन अघि

  • ५

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ” समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न
    ३ दिन अघि

  • ६

    नगरबाट सम्पादन हुने कामहरु पारदर्शी हुने भएकाले प्रश्न उठ्नु स्वभाविक हुन्छ : नगरप्रमुख आइतमान तामाङ
    ३ दिन अघि

  • ७

    पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब संयुक्तमा विजेता
    ३ दिन अघि

  • ८

    विश्वविद्यालयमा तोडफोड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    ३ दिन अघि

  • ९

    निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’बारे प्रशासनिक तहमा छलफल : प्रधानमन्त्री केपी शर्मा ओली
    ३ दिन अघि

  • १०

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution