७ असोज, बेइजिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्तिप्रक्रियालाई टुंग्याउन फेरि एकपटक अन्तराष्ट्रिय समुदायको सहयोग र समर्थन आवश्यक रहेको बताएका छन् ।
मुलुकको शान्ति प्रक्रियासँग सम्बन्धित काम अब अन्तिम अवस्थामा रहेको भन्दै उनले त्यसमा अन्तराष्ट्रिय जगतको साथ खोजेका हुन् । चीन भ्रमणको क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘शान्ति प्रकिया शुरु गर्दा पनि अन्तराष्ट्रिय समुदायको समर्थन थियो, बाँकी काममा पनि चाहिन्छ।’
अब सत्य निरुपण र बेपत्तासँग सम्बन्धित केही कुरा मात्र बाँकी रहेको उनको भनाइ छ । यो विषयलाई आफूले संयुक्त राष्ट्र संघको महासभामा पनि उठाएको उनले बताए । उनले भने ‘ हाम्रो शान्तिप्रक्रिया मौलिक छ, यसलाई विश्वमा उदाहरणीय बनाउनुपर्छ।’
नेपालमा विस्तृत शान्ति सम्झौता हुनुअघि भूमिगत हुँदा सहयोग गरेको भन्दै उनले प्रोफेसर वाङलाई पनि सम्झिए। प्रचण्डको सम्बोधन क्रममा वाङ समेत कार्यक्रममा उपस्थित थिए ।
आफ्नो चीन भ्रमणका क्रममा कृषिको क्षेत्रमा कसरी सम्झनलायक उपलब्धि हासिल हुने उनले बताए। पहिलोपटक प्रधानमन्त्री हुँदा आफू बेइजिङ ओलम्पिकको समापन समारोहमा भाग लिएको र अहिले एसियाली गेमको उद्घाटनको अबसर परेको प्रधानमन्त्रीले बताए ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution