काठमाडौं १८ असोज । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ। उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए। देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ।
मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीले बतायो। धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले भने, ‘बैंकले टर्चर दिएर नै नदीमा हाम फालेको भन्ने छ।
अहिलेसम्म शव भेटिएको छैन। अहिले नदीमा भेलबाढी पनि आइरहेको छ। गोताखेर प्रयोग गरेर शव खोजी भइरहेको छ। आत्महत्या गर्नेका बुबा आउनुभएको थियो । हामीले सुसाइट नोट भए प्रहरीलाई दिनुस् भनेका छौं।
प्रत्यक्षदर्शीहरुसँग बुझ्दा देवकोटा बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा घर फर्किने क्रममा नदीमा हाम फालेर आत्महत्या गरेको बुझिएको मिश्रले बताए।देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर आत्महत्या गरेका थिए।
देवकोटाको घर हेटौंडा उपमहानगरपालिका- २ चौकीटोल हो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई यस विषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा कुरा हुन सकेन । दुखद खबर : मेगा बैंक हेटौंडा शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution