काठमाण्डौ १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन ।गत मंगलबार र बुधबार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदुरपश्चिम प्रदेश जान लागेका हुन् ।
उनले भुकम्पको केन्द्रबिन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाइ आवश्यक निर्देशन दिनेछन् । प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण केन्द्रबिन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघि नै निर्देशन दिइसकेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सबन्धित निकायहरूलाइ निर्देशन दिएका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution