काठमाडौँ, २१ असोज । शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन् । यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन । इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीलाई जानकारी दिए ।
‘केही नेपाली घाइते भएका छन् । उहाँहरुको यकिन विवरण खुलेको छैन । हामी अहिले तथ्यांक संकलन गर्ने तथा उद्धारको काममा खटिरहेका छौँ,’ घिमिरेले भने । गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लडाकुहरूको घुसपैठप भएकाे थियो ।
इजरायलको आपतकालीन सेवाका अनुसार हमासको आक्रमणमा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । यसैबिच दूतावासले अपिलसमेत जारी गरेको छ । ‘इजरायलको गाजासँगको सिमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ।
यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ। साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय ।
तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको ब्यहोरा अनुरोध छ। पुनश्च: अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनुहोला,’ अपिलमा भनिएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution