काठमाडौं, २५ असोज। इजरायलमा प्यालेस्टिनी लडाकु समूहले आक्रमण गरेका कारण अलपत्र परेका नेपाली नागरिकलाई लिन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल वायुसेवा निगमको वाइडबडी लिएर बुधबार राति ११ बजे इजरायल गएका हुन्।
काठमाडांैबाट दुबईको नियमित उडानमा रहेको उक्त जहाज दुबईबाट इजरायल गएर त्यहाँबाट फर्कन चाहने २ सय ६५ नेपाली विद्यार्थीलाई लिएर दुबई हँुदै नेपाल फर्कने नेपाल वायु सेवा निगमले जनाएको छ । ती विद्यार्थीहरूको टिकट खर्च सरकारले नै बेहोर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेका नेपालीमध्ये ४ सयजना जतिले उद्धारका लागि तेलअभिभस्थित नेपाली दूतावासमा आग्रह गरेकाले सोहीअनुसार उद्धारको प्रक्रिया अघि बढाइएको हो । यद्यपि, बाँकी नेपालीको हकमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।
उक्त जहाजले इजरायलमा प्यालेस्टिनी आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीको शव पनि ल्याउने अपेक्षा गरिएको भए तापनि ती शवहरू तत्काल ल्याउन नसकिने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले इजरायल सरकारको प्रोटोकलअनुसार शव तत्काल ल्याउन नसकिने जानकारी दिएको हो ।
गत शनिबार प्यालेस्टाइनमा रहेको हमासले इजरायलमा अन्धाधुन्ध आक्रमण गरेपछि त्यहाँको अवस्था जटिल बन्दै गएको छ । रोजगारीका लागि दक्षिण इजरालयमा रहेका नेपालीहरूले द्वन्द्वको चपेटामा परेपछि उद्धारका लागि सरकारसँग पटकपटक आग्रह गरिरहेका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution