काठमाडौँ, २ कार्तिक । दसैँमा गाउँ फर्किने यात्रुलाई सवारीको ‘नक्कली टिकट’ काटेर हैरानी दिएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरी घर भएका २६ वर्षीय अनिल बुढाथोकी, काठमाडौँको कोटेश्वर बस्दै आएका कमल सार्की र राजकुमार डंगोल छन् ।
नक्कली टिकट काटेर उनीहरूले यात्रुलाई कोटेश्वर र बल्खुमा बोलाउने गरेको तर, त्यहाँ पुगेपछि गाडी छैन भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आरोपीतहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । चाडपर्वको फाइदा उठाएर कसैले हैरानी दिने तथा ठगी गरेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले आग्रह गरेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution