काठमाण्डौ ५ मंसिर । पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा यहि मंगसिर ९ गते १ करोड दिप प्रज्वलन हुने भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले चतुरमास सत्सगं २०८० को अवसरमा अष्टदश नारायण कथा प्रवचन ज्ञान तथा एक करोड दिप प्रज्वलन गर्ने जनाएको हो ।
मंशिर ८ गते देखि दिप प्रज्वलनको लागी तयारी गर्ने र ९ गते दिउसो दुई वजे एक करोड दिप प्रज्वलन गर्ने तयारी गरेको समितिले जनाएको छ । १ करोड बत्ति मध्ये १ करोड १५ लाख पुगीसकेको र आउने क्रम पनि जारी रहेकाले १ करोड २५ लाख दिप प्रज्वलन हुने अनुमान गरेको । श्रीहरि आध्यात्मिक प्रतिष्ठान समितिका अध्यक्ष आचार्य श्री नारायण पाण्डेले जानकारी दिनुभयो । असार ठुला एकादशी देखि सुरु भएको चतुरमास सत्सगं कार्तिक ठुला एकादशी सम्म चार महिना संचालन हुने गर्दछ । श्री हरि आध्यात्मिक प्रतिष्ठानले परिकल्पना गरेको १ सय आठ अनुष्ठान मध्येको तेस्रो कार्यक्रम चतुरमास सत्संग कार्यक्रम ।
भुमहीको दुर्गा मन्दिरमा संचालन गरेको श्रीहरि आध्यात्मिक प्रतिष्ठान समितिले जनाएको छ । देश भरि गर्ने अनुष्ठानहरु मध्ये पहिलो सुनवल नगरपालिका वडा नम्वर १२ नविनटोलमा गरेको र दोस्रो बाबा वर्दगोरियामा सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै श्री हरि आध्यात्मिक प्रतिष्ठान समितिले एक हजार ८ भजन सन्ध्या, नेपालमै पहिलो श्री हरी अनलाईन गुरुकुलम सुरु र १ लाख ८ गिता वितरण गर्ने कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाएको जनाएको छ । श्रीहरि आध्यात्मिक प्रतिष्ठानले सुनवल १२ भुमहीमा मंगसिर ९ गते १ करोड दिप प्रज्वलन गर्ने ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution