काठमाण्डौ,१६ मंगसिर । पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन भएको छ । एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार ३३१ रुपैयाँ भेटी संकलन भएको सत्यवती ताल तथा मन्दिर संरक्षण समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए ।
यहाँ मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन छ । त्यसका लागि नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन समेत आउने गर्दछन् । ती भक्तजनहरूले चढाएको भेटीबाट मन्दिर र ताल व्यवस्थापन गर्ने समितिले जनाएको छ ।
कार्तिके पूर्णिमा कार्तिक महिनामा परेमा जोग पर्ने मान्यताका साथ धेरै भक्तजन आउने गरेका छन् । यो वर्ष अधिकमासका कारण कार्तिके पूर्णिमा मंसिर महिनामा परेको हो । जसका कारण गत वर्षको लुतनामा केही पोहोर सालभन्दा झण्डै ३ लाख भेटी कम उठेको समितिले जनाएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution