काठमाडौँ,१८ मंगसिर। चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा महिला र पुरुषको शव भेटिएको थियो ।
शव पहिचानका लागी जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत स्केच सार्वजनिक गरेको हो । ७७ वटै जिल्ला प्रहरी कार्यालय र सीमावर्ती भारतीय इलाकाहरूमा समेत हुलिया परिपत्र गर्दा मृतकहरूको सनाखत हुन नसकेको हुनाले स्केच सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए । डिएसपी पण्डितले भने–‘विशेषज्ञहरूको सहयोगमा तयार गरिएको स्केच सार्वजनिक गरेका छौँ, स्केचबाट आफन्त र चिनजानका मानिसहरूमार्फत शवको सनाखत गर्न सहयोग पुग्ने विश्वास छ ।
प्रहरीले मृतकहरूले लगाएको कपडाको विवरण पनि सार्वजनिक गरेको छ । सडे गलेको अवस्थामा भेटिएका शवको पहिचान गर्न सहयोग गरिदिन प्रहरीले ‘विशेष आग्रह’ गरेको छ । आफ्नो चिनजानका महिला र पुरुष सम्पर्कमा नआएको भए जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५५०९०१३३ र ९८५५०९०४२२ मा सम्पर्क गरेर शवको सनाखत गर्न प्रहरीले सहयोग मागेको छ । समाचार रातोपाटी बाट ।।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution