काठमाडौँ,२९ मंगसिर । बाइक (मोटरसाइकल) चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित बाइकधनीले लेखेको स्टाटस पढेरै चोरले बाइक फिर्ता गरेको घटना भने अनौठो नै मान्नुपर्छ ।
भारतको सूरत सहरस्थित मोटा वराछा क्षेत्रमा परेश भाइ पटेल नाम गरेका एक जना व्यवसायीको बाइक चोरी भयो । उनी आफ्नो कार्यालय भवनको पार्किङमा बाइक राखेर गएका थिए तर कार्यालयबाट फर्कँदा उनको बाइक चोरी भइसकेको थियो ।
बाइक चोरी भएपछि उनले सामाजिक सञ्जालमा एउटा पोस्ट लेखे । उनले लेखेका थिए, ‘श्रीमान् सज्जन चोर ! तपाईँले मेरो बाइक त लैजानुभयो तर चाबी र आरसी (रजिस्ट्रेसन सर्टिफिकेट) बुक बिना बाइक चलाउन तपाईंलाई समस्या हुन्छ ।
त्यसैले बाइकको चाबी र आरसी बुक मैले पार्किङ मै जेनेरेटरको माथि कुनामा राखिदिएको छु, त्यो लैजानु होला । तपाईं मेरो चिन्ता नगर्नु, म साइकलबाटै गुजारा चलाउँछु ।’ उनको यो पोस्ट भाइरल बन्यो र चोरले दुई दिनमै (११ डिसेम्बरका दिन) बाइक जहाँबाट चोरिएको हो, त्यही ठाउँमा ल्याएर राखिदिए ।
त्यसो त, परेश भाइले बाइक चोरी भएकोबारे प्रहरी कार्यालयमा पनि उजुरी गरेका थिए । तर ‘सज्जन चोर’ले बाइक फिर्ता गरिदिएपछि उनले प्रहरी कार्यालयमा गएर उजुरी पनि फिर्ता लिएका छन् । भारतीय न्यूज च्यानल ‘आजतक’सँग कुरा गर्दै उनले चोरको इमानदारितालाई मध्यनजर गर्दै आफूले उजुरी फिर्ता लिएको बताए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution