काठमाण्डौ,१ पुष । महाराष्ट्र । महाराष्ट्रको थानेमा एक युवतीले आफ्नो कथित प्रेमी र वरिष्ठ अधिकारीका छोराले आफूलाई रेन्ज रोभर कारले कुल्चेर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । पीडित युवती गम्भीर घाइते छिन् । एक इन्स्टाग्राम पोस्ट मार्फत उनले राज्यका एक वरिष्ठ आईएएस अधिकारीको छोरामाथि हत्या प्रयासको गम्भीर आरोप लगाएकफ हुन् ।
पीडित प्रिया सिंह सामाजिक सञ्जालको इन्फ्लुएन्सर पनि हुन् । उनले एक इन्स्टाग्राम पोस्ट मार्फत प्रेमी अश्वजित सिंह गायकवाडले उनलाई कारले किचेर मार्ने प्रयास गरेको दाबी गरेकी छिन् । महाराष्ट्र पुलिसले यस घटनाको सम्बन्धमा मुद्दा दर्ता गरेको छ र अश्वजीत गायकवाडबाहेक रोमिल पाटिल र सागर शेल्के नामका व्यक्तिहरूलाई आरोपी बनाएको छ।
यो एफआईआर धारा २७९, ३३८, ३२३, ५०४ र ३४ अन्तर्गत दर्ता गरिएको छ। हत्याको प्रयास अर्थात् धारा ३०७ यसमा समावेश गरिएको छैन। यस घटनामा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।
प्रिया सिंहले सामाजिक सञ्जालमा दाबी गरेकी छिन्, ‘मैले चार दिनअघि एफआइआर दर्ता गराउने प्रयास गरेकी थिएँ तर प्रहरीले मेरो उजुरी दर्ता गरेन। मैले सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीले मलाई सम्पर्क गर्यो र अहिले प्रहरीले काम गरिरहेको छ।’
थानेका प्रहरी आयुक्त अमर सिंह जाधवका अनुसार, ‘पीडितको अश्वजीत गायकवाड, रोमिल पाटिल र सागर शेल्केसँग झगडा भएको थियो। पीडितको बयानको आधारमा भारतीय दण्ड संहिताको धारा २७९, ३३८, ३२३, ५०४, ३४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। सन्दिग्धहरू विरुद्ध कानुनी कारबाही भइरहेको छ ।’
पीडित प्रिया सिंहले आफू अश्वजित गायकवाडसँग विगत साढे चार वर्षदेखि सम्बन्धमा रहेको र आरोपितले आफूसँग बिहे गर्ने वाचा गरेको दाबी गरेकी छन् । प्रिया सिंहले लेखेकी छिन्, ‘अश्वजीतले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरी अहिले अलग्गै बस्दै आएको बताएका थिए।
तर घटना भएको दिन मैले अश्वजीतलाई आफ्नी श्रीमतीसँग देखेपछि उनी रिसाए। त्यसैले उनले मलाई हत्या गर्ने प्रयास गरे।’
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution