काठमाण्डौ २४ पुष । दुइै हप्तादेखि सम्पर्कविहिन बनेका बुटवलका सुदीप ज्ञवाली अझै भेटिएका छैनन् । अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंदेखि बुटवल आउन भनेर हिँडेका सुदीप परिवारको सम्पर्कमा नआएका हुन् । पुस १२ गते काठमाडौंको धापासीबाट बुटवल हिँडेका ३५ वर्षीय ज्ञवाली सम्पर्कमा नआएपछि परिवारले ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी प्रधान कार्यालय महाराजगञ्जमा खोजीगरी पाँउ भनी निवेदन दिएका छन् ।
बुटवल उपमहानगरपालिका-१२ मा निवासी ज्ञवाली कामको सिलसिलामा हाल काठमाडौं बस्दै आएका थिए । उनका श्रीमती र छोरा भने बुटवलमै बस्दै आएका छन । ‘१२ गते साँझ ७ः१२ मा फोन गरेर हिँडे भन्नुभयो, त्यसपछि फोन लागेन’, उनकी श्रीमती झरना ज्ञवालीले भनिन् ।
काठमाडौं बसपार्कमा बुझ्दा समेत बुटवलतर्फ आउने कुनै पनि बसमा टिकट नकाटेको पाइएको परिवारले जनाएको छ । ज्ञवालीका ससुरा घनश्याम मरासिनीका अनुसार औषधि कम्पनीमा एमआरको रूपमा काम गर्दै आएका ज्ञवालीको प्रहरीले खोजतलास गर्ने क्रममा पुस १२ गते गैंडाकोटको शीलन्यास चोकमा मोबाइल लोकेशन देखाएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution