काठमाडौँको, ७ माघ । स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । तर, सो हत्याको घटना ३ महिनापछि बाहिरिएको छ । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ कि स्थानीय भएको उनका छोराले सनाखत गरिदिए ।
सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
आरोपी कालिमाटीबाट पक्राउ परेका हुन् । गार्मेन्टमा कालिगढको काम गर्दै आएका ईकरामुल र सफिनाको बिचमा नरदेवीमा चिनजान भएको थियो । प्रेम सम्बन्ध भएपछि उनीहरु दुईजना स्वयम्भुमा बस्न थालेका हुन् ।
कार्तिक महिनाको पहिलो हप्ता मदिरा सेवन गरेर काठको आग्लोले हानेर घाइते बनाएपछि ईकरामुलले सफिनाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँमा विगत ९ वर्षदेखि काम गर्दै आएका ईकरामुल र सोफिनाको बिचमा मनमुटाव भएपछि ३ महिनादेखि बोलचाल बन्द थियो ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘आरोपीले शुरुमा घाइते बनाएपछि घाँटीमा सल बेरेर हत्या गरेको देखिन्छ ।’ हत्यापछि आरोपी सुमो चढेर वीरगञ्ज गए । वीरगञ्ज हुँदै भारत पुगेका उनी पुस १० तिर कालिमाटीमा आएर बि.एन फेशन गार्मेन्टमा काम गर्न थालेका थिए । कालिमाटीबाट भारत भाग्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution