काठमाण्डौ,७ माघ । अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा माघ ८ गते सोमबार हुने प्राणप्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो ।
सोमबार कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ । सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राणप्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
यस्तै अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम मन्दिरहरुमा दीप प्रज्वलन गर्न अपिल गरेका छन् । गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको वध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ बिक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् । समाचार ratopati.com बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution