काठमाण्डौ, १२ माघ । अमेरिकाको न्युयोर्कमा एक संगीतकारले कथित रूपमा पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएपछि विवादमा तानिएका छन् । उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रमसमेत राखेका थिए ।
२२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भए । तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन् ।
यसबारे सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । लिजीले जेडीसहित आमा बन्न लागेका बोनी बी, के मेरी, जिलेन भिला र इयानला कालिफा गालेटीसँग जेडीले खुसीयाली मनाएको भिडियो हालेपछि त यसले ठुलो विवाद नै सिर्जना गरेको थियो ।
क्याप्सनमा लिजीले सबै महिलाले बच्चाको लागि यो सबै कुरा स्वीकार गरेको लेखेकी थिइन् । ‘हाम्रो सुन्दर परिवारलाई हेर्नुहोस्,’ उनले लेखेकी थिइन्, ‘हामी हाम्रो बच्चाको पितालाई माया गर्छौँ । हामी हाम्रो बच्चाको जीवन बरबाद पार्न चाहँदैनौँ । हाम्रो परिवारले यसलाई स्वीकार गरेको छ ।’ द न्युयोर्क पोस्टसँग कुराकानी गर्दै पिता जेडीले आफू पाँच जनाको पिता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution