काठमाडौँ, १५ माघ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् ।
शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका थिए ।
चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो । चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् ।
जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् । मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन् । उनलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution