काठमाण्डौ, १६ माघ । भारतमा मोबाइल फोन सस्तो हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा दुई दिन अगाडि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मोबाइल कम्पोनेन्टमा लाग्ने आयात महसुल ५ प्रतिशतले घटाएको छ । सरकारको यो फैसलापछि भारतमा बन्ने मोबाइल फोनको पार्ट्स मगाउँदा लाग्ने खर्च घट्नेछ ।
यसको फाइदा सिधै उपभोक्तहरुलाई हुनेछ । अर्थ मन्त्रालयले जारी गरेको सूचनाका अनुसार मोबाइल उपकरणमा लाग्दै आएको आयात शुल्क १५ प्रतिशतबाट घटेर १० प्रतिशतमा झारिएको छ । भारतमा बन्ने अधिकांश फोनको कम्पोनेन्ट आयात हुन्छ । यसरी आयात गरिएका कम्पोनेन्टमा सरकारले आयात शुल्क लगाएको छ ।
जसका कारण यसको भाउ बढ्छन् । आयात शुल्क कम भएपछि अब मोबाइल फोनको मूल्य घट्ने अनुमान गरिएको छ । भारतमा भोली अर्थात् फेब्रुअरी १ मा आगामी आर्थिक वर्षको बजेट पेस हुँदै छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution