काठमाण्डौ,१६ माघ । सर्लाहीमा नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution