काठमाण्डौ,२२ माघ । धार्मिक बिबिधता भए पनि नेपाल अन्तरधार्मिक सद्भावमा नमुना देश भएको बिभिन्न धर्मका अगुवाहरुले बताएका छन् । विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका अवसरमा महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले काठमाण्डौमा गरेको कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन् ।
पछिल्लो समय अन्तराष्ट्रिय संघ संगठनहरुले पनि हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरुको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमहरु तय गरेकोले धर्मगुरुहरुको भूमिका बढाउदै लानु पर्ने इस्लाम धर्मगुरु जिबप्रसाद पोखरेलले बताए । नेपालमा पछिल्लो समय धार्मिक सद्भावमा खलल पार्ने बिभिन्न तत्वहरु सकृय हुन थालेकाले सबै धर्मका धर्मगुरु एकजुट भएर अगाडी बढ्नु पर्ने अन्तरधार्मिक परिषदका अध्यक्ष दामोदर गौतमले बताए ।
हिंसा र अन्याय गर्ने व्यक्ति धर्मगुरु हुन नसक्ने उनको भनाई थियो । संयुक्त राष्ट्रसंघको महासभाको प्रस्ताव अनुसार विश्व अन्तरधार्मिक सद्भाव सप्ताह प्रभावकारी ढंगले मनाउन थालिएको निरनका उपाध्यक्ष एवं महिला ज्योतिष संघका अध्यक्ष रती श्रेष्ठले बताए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution