काठमाण्डौ,२ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीको पिपरीमा स्कारपियो जीपको ठक्करबाट एकै घरका दिदी बहिनीको ज्यान गएको छ। साइकलमा यात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको प्र ३–०१–०२२ च–१३६९ नम्वरको जिप सडकबाट हुईकीएर तल खेतमा पुगेको थियो।
जीपको ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षीया राधा केसी बस्नेत र उनकी बहिनी १६ वर्षीया बिपना केसीको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको उक्त स्कारपियो जीपले सोही दिशातर्फ साईकलमा गईरहेका उनीहरुलाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो।
जीपको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतलाई लमही अस्पतालले मृत घोषणा गरेको थियो । केसीलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले बताए। घटनापछि जीप चालक फरार रहेको उनको खोजी भइरहेको मल्लले बताए।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution