काठमाण्डौ,७ फागुन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।
विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।
श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution