काठमाण्डौ, ६ चैत्र । भैरहवामा सवारी दुर्घटनामा परी मालपोत कार्यालय प्रमुख तिलक रावतको मृत्यु भएको छ। आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक रावतको मृत्यु भएको हो। उनी रूपन्देहीको मझगाँवा मालपोत कार्यालयका प्रमुख थिए।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार र लुम्बिनी सडकखण्डको बेथरीबाट भैरहवा तर्फ आइरहेको प्रदेश ३-०२-००१ ब ४८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका रावतको उपचारको क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution