प्रादेशिक अस्पताल लहान सिरहामा एक वेवारिसे शिशु फेला परेका छन् । शनिबार राति करिब १५ दिनकी शिशु(छोरी) अस्तपालको गेटमा वेवारिसे अवस्थामा भेटिएकी हुन्। अस्पताल स्रोतले दिएको जानकारी अनुसार राति १२ बजेतिर सुरक्षा गार्डले गेटमा शिशु रोइरहेको अवस्थामा फेला पारेका थिए।
शिशु अलपत्र अवस्थामा रोइरहेको देखेपछि सुरक्षा गार्डले चिकित्सक, स्वास्थ्यकर्मीलाई बोलाए । त्यसपछि प्रहरी समेत आएर शिशुलाई अस्पतालको जिम्मामा राखिएको छ। मोटरसाइकलमा आएका एक पुरुष र महिलाले शिशु छाडेको आशंका अस्तपालका सुरक्षा गार्डले गरेका छन् ।
गार्डका अनुसार बच्चा बोकेर मास्क लगाएर महिलार पुरुष आएका थिए । उपचारका लागि आएको अनुमान गार्डको थियो । एकछिन पछि महिला पुरुष गायब भए । शिशु रोएको मात्रै सुनियो । शिशु छाड्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय लहानले जानकारी दिएको छ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution