काठमाण्डौ, १५ चैत्र । धनगढीमा आफ्नै छोरीमाथि जबर्जस्ति करणीको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका रिटायर्ड असईले आफ्नै छोरीलाई करणी गर्ने प्रयास गरेको भन्दै उजुरी परेको हो।
घटना १३ गते दिउँसोको भएपनि उजुरी भने आज (मंगलबार) दर्ता भएको हो। काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती घटनाको केही दिनअघिमात्र धनगढी (घर) आएकी थिइन्। बिदामा घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेको प्रहरी स्रोतको दाबी छ।
यस्तै पीडक पन्तलाई प्रहरीले खोजिरहेको भनेपनी सेटिङमा भगाइएको आरोप पनि लागेको छ। हिजोमात्र धनगढीमै रहेका उनी आज फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। अहिले उनको खोजबिनमा प्रहरी खटिएको जनाइएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution