काठमाण्डौ,३० चैत्र । राजधानीको तारकेश्वर नगरपालिका-११ हिलेटोलमा रहेको पश्चिम युना खाजाघरकी संचालकलाई नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
मुनु गुरुङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खाजाघरमा नाबालिकाहरूलाई डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीको प्रहरीले उद्धार गरेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution