• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ असार २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

३१ मिनेट अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

३ घण्टा अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

१ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

१ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

२ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

२ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

३ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

३ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

४ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

४ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

४ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

५ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    ३१ मिनेट अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    ३ घण्टा अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    १ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    १ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    २ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    २ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ३ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ४ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ४ दिन अघि
  • दीक्षान्त समारोहमा बन्दुक आक्रमणमा, दुई जनाको मृ;;त्यु : हेर्नुहोस पुरा समाचार

    CB Nepal२ साल अघि

    काठमाडौँ, २४ जेठ । अमेरिकाको भर्जिनियास्थित एक विद्यालयमा अज्ञात समूहले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाले ज्यान गुमाएका छन् । बन्दुक आक्रमणको घटनामा परी सात जना गम्भीर घाइते भएका छन् । भर्जिनियाको रिचमण्डस्थित एक विद्यालयमा दीक्षान्त समारोह चलिरहँदा बन्दुक आक्रमणको घटना भएको समाचारमा जनाइएको छ । उक्त घटनापछि विद्यालयले स्थानीय समयअनुसार, मंगलबार आयोजना गर्ने भनिएको अर्को दीक्षान्त समारोह पनि स्थगित गरेको छ ।

    यसैगरी विद्यालयले तत्कालका लागि पठनपाठन पनि स्थगित गरेको छ । घटनामा ज्यान गुमाउने एक जना १८ वर्षीय युवा र उनको पिता हुन् । ती युवा र उनका पिता दीक्षान्त समारोहमा सहभागी हुन विद्यालय पुगेका थिए ।

    स्थानीय प्रहरीले घटनामा ज्यान गुमाउने विद्यार्थी र उनको पिताको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन । बन्दुक आक्रमण गर्ने १९ वर्षीय एक किशोरलाई पनि स्थानीय प्रहरी पक्राउ गरेको छ । आक्रमणकारीसँग सोधपुछ भइरहेको पनि प्रहरीले जनाएको छ ।

    हातमा बन्दुक बोकेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा ती व्यक्तिको संलग्नता पुष्टि हुन सकेको छैन । यद्यपि, ती व्यक्तिसँग प्रहरीले थप सोधपुछ गर्ने बताएको छ ।

    अमेरिकामा बन्दुक आक्रमणको अवस्था चिन्ताजनक विश्वकै समृद्ध र वैभवशाली राष्ट्र अमेरिकामा पछिल्लो समय बन्दुक आक्रमणका घटनाहरू निकै बढेका छन् । सार्वजनिक स्थलमा जथाभाबी बन्दुक चलाएर निर्दोष व्यक्तिको हत्या गर्ने क्रम चुलिएको छ । विश्व समुदायले भने यस्ता घटनालाई नजिकबाट नियालिरहेको छ ।

    बन्दुक आक्रमणका घटना बढ्दै गएपछि विश्वका सात राष्ट्रले आफ्ना नागरिकलाई अमेरिका भ्रमण गर्नुअघि सचेत रहन ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् । ती राष्ट्रहरूले अमेरिकामा पछिल्लो समय सार्वजनिक स्थलमा बन्दुक आक्रमणको घटना बढेको भन्दै आफ्ना नागरिकलाई यस्तो सूचना जारी गरेका हुन् ।

    यसरी अमेरिका भ्रमण गर्दा सचेत रहन आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्ने राष्ट्रहरूमा न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलिया, बेलायत, फ्रान्स, भेनेजुएला र उरुग्वे रहेका छन् । गत मे महिनाको पहिलो साता डालास क्षेत्रको अति नै व्यस्त डिपार्टमेन्टल स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाले अनाहकमा ज्यान गुमाएका थिए । ३३ वर्षीय व्यक्तिले चलाएको गोली लागेर थप ७ जना घाइते भएका थिए ।

    उक्त घटनामा अन्धाधुन्ध बन्दुक चलाउने व्यक्ति ३५ वर्षीय ती व्यक्तिको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसको एक साताअघि ओक्लाहोमामा एक व्यक्तिले गोली प्रहार गरेर आफ्नी श्रीमती, ३ जना छोराछोरी र २ जना साथीको हत्या गरेका थिए ।

    गोली प्रहार गर्ने ती व्यक्तिमाथि यौन दूब्र्यवहारको आरोप लागेको थियो । त्यस लगत्तै ती व्यक्तिले पनि आत्महत्या गरेका थिए । त्यो घटनाको २ दिनअघि एक व्यक्तिले गोली प्रहार गरी आफ्ना ५ जना छिमेकीको हत्या गरेका थिए ।

    उक्त घटनामा मारिनेमा १ जना ९ वर्षीय बालक पनि थिए । गोली चलाउने ती व्यक्तिलाई केही दिनपछि म्यानहन्टबाट प्रहरीले पक्राउ गरेको थियो । यो वर्षमात्र अमेरिकामा सार्वजनिक स्थलमा अन्धाधुन्ध गोली चलाउने २ सय वटा घटना भइसकेका छन् ।

    सन् २०१८ पछि पहिलो पटक सन् २०२२ मा सार्वजनिक स्थलमा बन्दुक आक्रमणको घटना केही कम भएको थियो । औसतमा अमेरिकामा प्रत्येक वर्ष १ सय वटा बन्दुक आक्रमणका घटना हुने गरेको तथ्याङ्कले देखाउँछ ।

    पछिल्लो ३ वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने अमेरिकामा औसतमा प्रत्येक वर्ष ६ सयभन्दा बढी बन्दुक आक्रमणको घटना भएको पाइन्छ । यो तथ्याङ्कले के देखाउँछ भने अमेरिकामा प्रत्येक दिन २ वटा बन्दुक आक्रमणका घटना हुने गरेका छन् ।

    यस्ता घटनाका बाबजुद अमेरिकालाई विश्वकै सबैभन्दा सुरक्षित राष्ट्रमध्येको एक मानिन्छ । बन्दुक आक्रमणको तुलनामा अमेरिकामा अन्य अपराध भने निकै कम हुने गरेको पाइन्छ । अमेरिकामा प्रत्येक नागरिकलाई कानुनी नियम पूरा गरेर बन्दुक राख्न पाउने छुट छ ।

    संसारमा अमेरिका मात्र यस्तो राष्ट्र हो, जहाँ मान्छेभन्दा बढी बन्दुकको सङ्ख्या रहेको छ । एउटा तथ्याङ्कले देखाएअनुसार, अमेरिकामा प्रत्येक १ सय जना व्यक्तिमा १ सय २० वटा बन्दुक रहेको छ । यो सर्वेक्षण स्विट्जरल्यान्डमा रहेको एउटा हतियारसँग सम्बन्धित संस्थाले गरेको हो ।

    ‘अमेरिकाका अधिकांश नागरिकमा बन्दुकको अभावमा आफू सुरक्षित नरहने सोच हाबी भएको पाइन्छ,’ साउथ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक सिमोन हड्सन भन्छन् । सन् २०२२ मा सार्वजनिक गरिएको ‘ग्लोबल पिस इन्डेक्स’ मा अमेरिका १ सय २९औँ स्थानमा रहेको छ । उक्त इन्डेक्समा विश्वका कूल १ सय ६३ राष्ट्रलाई समेटिएको छ । विभिन्न २३ वटा बुँदामा केन्द्रित रहेर शान्त राष्ट्रहरूको सूचि तयार पारिएको हो ।

    वासिङ्टनस्थित पेव रिसर्च सेन्टरको पछिल्लो प्रतिवेदन अनुसार, अमेरिकामा सन् २०२१ मा बन्दुक आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या प्रति एक लाख व्यक्तिमा १४.६ रहेको छ । अन्य विकसित राष्ट्रको तुलनामा यो निकै बढी हो । जबकि प्रति १ लाख व्यक्तिमा बन्दुक आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या क्यानडामा २.१, अस्ट्रेलियामा १.०, फ्रान्समा २.७ र स्पेनमा ०.६ रहेको छ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    ३१ मिनेट अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    ३ घण्टा अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    १ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    १ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    २ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    २ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ३ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ४ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution