काठमाण्डौ २ जेष्ठ । दुब्लोलाई खानेकुरासँग जोड्नु भन्दा पहिला कुनै रोगले पो दुब्लाएको छ कि भनेर विचार गर्नुपर्छ । दुब्लाउने विभिन्न कारण हुन्छन् । जस्तो हाइपरथाइराइडिजम भन्ने हुन्छ, यसले मान्छे दुब्लाउने हुन्छ । कसै–कसैमा दुब्लो हुने वंशाणुगत कारण नै पनि हुन्छ । आमा–बुबाहरु दुब्लो पालतो छन् भने छोराछोरी पनि त्यस्तै हुने पनि हुन्छ ।
कसैकसैमा मेटाबोलिजम एकदमै बढी हुने हुन्छ । त्यो भनेको छिटो–छिटो खान पच्ने हुनु हो । खायो पचिहाल्यो हुँदा पनि कहिल्यै मोटो नहुने समस्या कसै–कसैमा समस्या देखिन्छ । मांसपेशी धेरै भएको र शरीरमा चिल्लो पदार्थ कम भएको मानिसमा यस्तो समस्या देखिन्छ । यस्तो हो भने खानेकुरा नै बढाउनु पर्ने हुन्छ ।
एकै पटक धेरै खान सक्दैन भने, खानेकुरा पटक–पटक खाइरहनुपर्यो ।
कस्तो खालको खानेकुरा खाने भन्दा क्यालोरी खाने गर्नुपर्छ । जस्तो एक गिलास दूध खाने गर्नुभएको छ भने त्यसमा सातु मिसाएर, बदाम, काजु, केरा आदि मिसाएर खाँदा बढी क्यालोरी पाउने हुन्छ ।
मान्छेले अण्डा खायो भने मोटाउँछ, केरा खायो भने मोटाउँछ भनिरहेका हुन्छन् । यसमा म के भन्छु भने खाजा, तथा खानामा नियमित खानेकुरा खाइरहनुभएको छ र त्यसमा केरा पनि प्लस गरेर खानुभयो भने मोटो हुने हो । अरु खानेकुरामा मात्रा घटाएर त्यसमा दुई वटै केरा खानुभयो भने पनि त्यसले केही फरक पार्ने होइन । केरा क्यालोरी धेरै भएको, कार्बाेहाइड्रेड भएकै खानेकुरा हो । समाचार https://healthpati.com बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution