काठमाण्डौ, ३० जेठ । नेपाल एयरलाइन्सले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमको मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।
निगमले काठमाडौं मलेसिया भैरहवा काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए।
निगमको न्यारोबडी जहाज मंगलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदान किराती गौतमबद्ध अन्तराष्ट्र्रिय विमानस्थल पुगेका थिए ।
जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर पुनः काठमाडौं फर्किएको थियो । निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ ।
२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन । कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि उडान रोकेको छ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution