
CB Nepal६ महिना अघि


काठमाडौं —
श्रावणको हरियाली सँगै जीवन रमाउनु पर्ने बेला हो। तर, मधेश अहिले हरियो होइन, खरानी बनेको छ।
“खेत सुकेको छ, किसानको मन सुकेको छ, धानको बीउ रुदैछ !”
यही भाव, यही वेदना बोकेको छ मधेशको सिंगो भूगोल।
जहाँ सधैं सिंचाइका नाममा भाषण गुञ्जन्थे, अहिले इनार सुक्छ, कल सुक्छ, माटो च्यातिन्छ, र किसानका आँखामा आँसु पनि बाँकी रहँदैन।
श्रावण लाग्दैमा सबै हरियो हुन्छ भन्ने कल्पना मिथ्या साबित भएको छ —
यहाँ माटो मात्र होइन, मन पनि चिरिएको छ।
“न खेतको लागि न त पेटको लागि पानी छ,
सायद मधेशले निर्जला उपवास गरेको छ !”
जब पहाडतिर बाढी र पहिरोको पीडा लेखिन्छ,
त्यति बेला मधेशका खेतहरू हेरिरहेका हुन्छन् आकाशतिर — आँखा टोलाउँदै, बादल खोज्दै।
मधेशमा यति बेला न धान छ, न धानको भोलि।
सिंचाइको व्यवस्था, वर्षाको अनियमितता र राज्यको उपेक्षा — यी सबै मिलेर सुक्खा मात्र होइन, एक आन्तरिक र निरन्तर पीडा सिर्जना गरिरहेका छन्।
“पीडा के हो त्यो अरुले के बुझ्ला?
खेतमा गए पछि नि थाहा हुन्छ,
कि माटो र मन दुबै कसरी रोइरहेको छ !”
साहस खबर मधेशका यस्ता मौन आर्तनादहरूलाई आवाज दिन सधैं प्रतिबद्ध छ।
सरकारको ध्यान कहिले पुग्ने?
कृषि नीति कहिले सार्थक हुनेछ?
धर्तीमाता र धानबाली बाँच्ने कि सुकाउने?
– रिपोर्ट : रोशन श्रेष्ठ संवाददाता








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution