काठमाडौं,१० असार
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री व्यांक्विट ब्लु हेमनको स्विमिङ पुल (पौडी पोखरी)मा डुबेर एक किशोरको मृत्यु भएको छ। अर्का एक युवकको अवस्था गम्भीर छ। मृत्यु हुनेमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी का १९ वर्षीय प्रभाश अधिकारी रहेका छन्। उनको शनिबार दिउँसो मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल उपचार गराइएको थियो। त्यहाँबाट रेफर गर्दै सिभिल अस्पताल बानेश्वरमा थप उपचारका लागि पठाइएमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पौडी खेल्दा डुबेका अर्का एक युवकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दोलखा घर भइ मुलपानी बस्ने १९ वर्षीय सुरेन्द्र दाहालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई सिभिल अस्पतालबाट अहिले केएमसी अस्पताल सिनामंगल रेफर गरिएको। केएमसीमा उनको उपचार भइरहेको छ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution