काठमाडौं,१५ असार । भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजारभन्दा धेरैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइए । २०७९ वैशाख यता अहिलेसम्म भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजार एक सय ७३ जनालाई विमानस्थलबाटै फर्काइएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाए ।
भिजिट भिसा लगाएर रोजगारीका लागि विदेश हिँडेको र मानव बेचबिखन तथा मानव तस्करीको जोखिममा पर्न सक्ने उच्च जोखिम भएकाहरूलाई प्रहरीले परामर्श गरी विमानस्थलबाटै फर्काउने गरेको छ ।
गएको वैशाखदेखि अहिलेसम्म साढे दुई महिनाको अवधिमै १७ सय ११ जनालाई प्रहरीले विमानस्थलबाट परामर्श गरी फर्काएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसरी विमानस्थलबाट फर्काइनेमा सबैभन्दा धेरै महिला रहेका छन् । गएको वर्षको माघदेखि अहिलेसम्म करिब ६ महिनाको अवधिमा मात्रै ३१ सय ७१ जना फर्काइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार उनीहरू मध्ये २१ सय २६ जना महिला रहेका छन् भने एक हजार ४५ जना पुरुष रहेका छन् ।
‘भिसा भिजिट हुन्छ तर सोधपुछ गर्दै जाँदा उहाँ काम गर्नका लागि हिँडेको भन्ने प्रमाण भेटिइहाल्छ’ वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्नुहुन्छ ‘कतिपयसँग हातमा प्रहरी रिपोर्ट, मेडिकल जाँचको कागजात पनि भेटिन्छ भने कतिपयलाई त एजेन्टहरूले नै राहदानी बनाउनेदेखि सबै प्रक्रियामा पैसा खर्च गरेकोसमेत पाइन्छ ।’
भिजिट भिसामा खाडीका देश जान खोज्ने धेरै
भिजिट भिसामा हिँडेका र बेचबिखन तथा तस्करीको जोखिममा पर्ने जोखिम भएकाहरू मध्ये धेरैजसो खाडीका देशमा जान खोज्नेहरू रहेको ब्युरोले जनाए ।
बितेका झण्डै ६ महिनामा यूएई, ओमान, कतार, कुवेत र बहराइनजस्ता देशमा भिजिट भिसामा जान खोज्ने २१ सय ५ महिला र ९ सय ९६ जना पुरुष गरी ३१ सय १ जना रहेका छन् ।
ब्युरोको तथ्याङ्क अनुसार भिजिट भिसामा सर्बिया, पोर्चुगल, टर्की, साइप्रसजस्ता देशमा भिजिट भिसामा जाने ११ जना, अजरबैजान, अफ्रिकी देशहरू जान खोज्ने १५ जना र पूर्वी एसियाका देशहरू म्यानमार, लाओस, कम्बोडिया, थाइल्याण्ड लगायतका देश जान खोज्ने ४४ जनालाई विमानस्थलबाटै फर्काइएको हो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution