काठमाण्डौ,१६ असार ।
ललितपुर: ललितपुरको खुमल्टारस्थित मेलम्ची खानेपानी रिजर्भ ट्यांकी प्रभावित क्षेत्रका बासिन्दाले सहज रुपमा पानी वितरण गर्न माग गरेका छन् । शनिवार खानेपानी संघर्ष समितिको आयोजना भएको बृहत अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् ।
कार्यक्रममा खानेपानी मन्त्री महेन्द्र राय यादव, ललितपुर महानगरपालिका प्रमुख, उपप्रमुख, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले आफ्नै ठाउँमा रिजर्भ टयाङ्की बनेपनि पानी खान नपाएको गुनासो गरेका थिए ।
ललितपुर महानगरपालिका वडा नम्बर १४, १५, २३ र २६ का मेलम्ची रिजर्भ ट्याङ्की प्रभावित क्षेत्रका वासिन्दाले संघर्ष समिति निर्माण गरी सहज पानी वितरण गर्न माग गर्दै आएका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution