अछाममा महिनावारी बार्ने परम्पराले फेरि कसेको बलि : त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
Chiranjivi Bhandari
अछाममा महिनावारी बार्ने परम्पराले फेरि कसेको बलि : त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो १३ भदौ, कैलाली । अछाममा पुरानो परम्परा महिनावारी बार्ने प्रथा (छाउपडी) ले फेरि दुःखद घटना निम्त्याएको छ । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपालमुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुसँगै सुतिरहेकी कविताकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ । वडा अध्यक्ष






