अब अनुभव र सतर्कताका साथ अघि बढ्नेछु” — पूर्वमन्त्री रामहरी खतिवडाको स्पष्ट आत्मस्वीकृति
कर्मचारीप्रति विश्वासै कमजोरी सावित भयो : पूर्वमन्त्री रामहरी खतिवडाको आत्मस्वीकृति
Chiranjivi Bhandari
काठमाडौं — पूर्वमन्त्री रामहरी खतिवडाले आफ्नो राजनीतिक तथा प्रशासनिक यात्रामा ‘कर्मचारीप्रति अत्यधिक विश्वास गर्नु नै ठूलो कमजोरी’ भएको स्वीकार गरेका छन्। एक कार्यक्रममा बोल्दै उनले भने, “मलाई लाग्थ्यो विश्वासले काम सजिलो हुन्छ, तर कतिपय अवस्थामा यही विश्वासले घाटा पुर्यायो।” खतिवडाले विगतका अनुभव सुनाउँदै केही कर्मचारीहरूले जिम्मेवारी निर्वाह नगरी व्यक्तिगत स्वार्थमा ध्यान दिने प्रवृत्ति देखाएको गुनासो पनि पोखे। उनका अनुसार, ‘नेता र कर्मचारीबीच पारदर्शी सम्बन्ध र जवाफदेहिताको संस्कृति नबढाएसम्म यस्ता समस्या दोहोरिरहने छन्।’ उनले अबका दिनमा नीतिगत निर्णयमा बढी सतर्कता अपनाउने र कर्मचारीको कामको मूल्याङ्कनमा कडाइ गर्ने संकेत पनि दिए। रमाईलो





