आउनुहोस् पक्राउ गर्न”
सुर्खेतमा पूर्वसैनिकले गरे श्रीमतीको हत्या, प्रहरीलाई फोन गरी भने – “सर, श्रीमती मारेँ, आउनुहोस् पक्राउ गर्न”
Chiranjivi Bhandari
सुर्खेत, साउन ११ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित एक बस्तीमा सोमबार राति एक दर्दनाक घटना घटेको छ। पूर्वसैनिक दानसिंह ठाडाले आफ्नी श्रीमती रविना ठाडाको हत्या गरेर आफैं प्रहरीलाई फोन गरी आत्मसमर्पण गरेका छन्। प्रहरीका अनुसार दानसिंहले राति करिब १ बजेतिर सुतिरहेको अवस्थामा श्रीमतीको हत्या गरेका थिए। त्यसपछि राति १:५० बजे उनले प्रहरी कन्ट्रोलमा फोन गरी भने, “सर, श्रीमती मारेँ, आउनुहोस् पक्राउ गर्न।” प्रहरी तत्कालै घटनास्थल पुगेको थियो र उनलाई राति २ बजे नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दुवैबीच विगतदेखि पारिवारिक विवाद रहँदै आएको थियो। हत्या गरिएको रविना ठाडाको शव पोष्टमार्टमका






