आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता १३ भदौ
सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
Chiranjivi Bhandari
१३ भदौ, सिन्धुपाल्चोक । आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालन भएका नगरपालिका स्तरका स्वास्थ्य कार्यक्रमहरूको दुई दिने वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ । नगरप्रमुख श्री आइतमान तामाङज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना उपलब्धि, चुनौती र सुधारका उपायहरूबारे विस्तृत समीक्षा गरेका थिए । गोष्ठीले आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । समापन सत्रमा प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अधिकृत प्रणव गिरी, नर्सिङ अधिकृत लक्ष्मी तामाङ लगायत नगरपालिका अन्तर्गतका स्वास्थ्य






