आजको राशिफल : आइतवार
आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)
Chiranjivi Bhandari
भाद्र शुक्लपक्ष प्रतिपदा तिथि, बिहान ११ः१४ बजेपछि द्वितीया। नक्षत्र – पूर्वफाल्गुनी, चन्द्रराशि – सिंह। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष (Aries) छिटो सफलता खोज्दा समस्या निम्तिन सक्छ। अरूका लागि आफ्नो समय र श्रम खर्चिनुपर्ला। नयाँ काम सुरु गर्नुअघि राम्ररी सोचविचार गर्नु आवश्यक छ। अध्ययनतर्फ मेहनत गरेकाले प्रगति हुनेछ। वृष (Taurus) काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। आर्थिक अभाव महसुस हुनेछ। हतारमा वचन नदिनुहोला। नजिकिन खोज्ने तर फाइदा मात्र लिन चाहने व्यक्तिहरूप्रति सावधान रहनुहोस्। मिथुन (Gemini) सहयोगीहरूको साथले अधुरा काम पूरा हुनेछन्। उद्योग र व्यापारमा विशेष लाभ प्राप्त हुनेछ।





