आज कृष्ण अष्टमी — देशभर श्रीकृष्णको पूजा–आराधना गर्दै भक्तिभावपूर्वक मनाइँदै
आज कृष्ण अष्टमी — देशभर श्रीकृष्णको पूजा–आराधना गर्दै भक्तिभावपूर्वक मनाइँदै
Chiranjivi Bhandari
काठमाडौं – भाद्र कृष्ण अष्टमीको पावन अवसरमा आज बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई भगवान् श्रीकृष्णको अवतार दिवसका रूपमा मनाउँदै ज्ञान, कर्म र भक्तिको प्रतीक महान् पुरुषको आराधनामा तल्लीन भएका छन्। धार्मिक विश्वासअनुसार, द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा मथुरानगरमा भगवान् श्रीकृष्णको दिव्य अवतार भएको थियो। यसै कारण यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र यस रातलाई ‘मोहरात्रि’ नाम दिइएको छ। यस अवसरमा भक्तजनहरूले दिनभर उपवास बसी रातभर भजन, कीर्तन र श्रीकृष्ण लीलाको स्मरण गर्दै धार्मिक वातावरणलाई जीवन्त बनाउँछन्। पाटनको मङ्गलबजारमा भक्तजनको सागर आज बिहानदेखि नै ललितपुरको






