इजरायली आक्रमणमा सहासी पत्रकार अनस अल-शरीफसहित ६ जनाको हत्या
इजरायली आक्रमणमा सहासी पत्रकार अनस अल-शरीफसहित ६ जनाको हत्या
Chiranjivi Bhandari
गाजा, आइतबार राति – गाजा सहरमा इजरायली आक्रमणमा अल जजिराका साहसी पत्रकार अनस अल-शरीफसहित ६ जना पत्रकारको ज्यान गएको छ। मृतकमध्ये चार जना अल जजिरासँग आबद्ध थिए। अल-शिफा अस्पतालले उनीहरू मारिएको पुष्टि गरेको छ। इजरायली सेनाले अल-शरीफलाई हमासको समूहको नेतृत्व गरेको आरोप लगाउँदै लक्षित हमला गरेको दाबी गरेको छ। सोही आक्रमणमा अल जजिराका अर्का प्रमुख पत्रकार मोहम्मद क्रेके पनि मारिएका छन्। आक्रमण हुनु केही मिनेटअघि अल-शरीफले सामाजिक सञ्जालमा चेतावनी दिएका थिए – > “यदि यो पागलपन अन्त्य भएन भने, गाजा भग्नावशेषमा परिणत हुनेछ, जनताको आवाज बन्द हुनेछ, अनुहार मेटिनेछ, र






