कक्षा १२ को नतिजा यही महिनाभित्र सार्वजनिक हुने
कक्षा १२ को नतिजा यही महिनाभित्र सार्वजनिक हुने
Chiranjivi Bhandari
साउन ५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा यही साउन महिनाको अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। बोर्डका एक अधिकारीका अनुसार नतिजा प्रकाशनको सम्पूर्ण प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। यस वर्ष देशभरबाट लाखौं विद्यार्थीले परीक्षा दिएका थिए। बोर्डले उत्तरपुस्तिका मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। यथासक्य चाँडो नतिजा प्रकाशित गर्ने गरी सूचना प्रणाली तथा डाटाबेस अपडेट कार्य निरन्तर रूपमा भइरहेको बोर्डले जनाएको छ। विद्यार्थीहरूलाई शुभकामना – तपाईंको परिश्रमको मीठो फल पाउनुहोस् भन्ने शुभेच्छा ‘साहस खबर’ परिवारबाट। सन्देश: शिक्षा तपाईंको भविष्यको मेरुदण्ड हो





