काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने
काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने
Chiranjivi Bhandari
साउन ९, काठमाडौं, अब काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे कारबाही पक्कापक्की हुने भएको छ। महानगरपालिकाले हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक ऐन २०८२/८३ अन्तर्गत सार्वजनिक स्थानमा धुम्रपान गरेमा प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था लागू गरेको हो। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा धुम्रपान गर्ने बानीबिरुद्ध सर्वसाधारणको गुनासो बढ्दै गएपछि यसपटक आर्थिक ऐनमार्फत कडाइ गरिएको हो। पाण्डेले भने, “पछिल्लो समय सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुको संख्या बढ्दै गएको र त्यसले अन्य नागरिकको स्वास्थ्यमा समेत असर पुर्याइरहेको गुनासो थुप्रै आएका थिए। अब प्रत्येकपटक धुम्रपान गरिएमा सोही अनुसार






