किन गरिन्छ पिपलको पूजा? – विष्णु भगवानको बास हुने यो वृक्षले दिन्छ सफलता र शान्ति
किन गरिन्छ पिपलको पूजा? – विष्णु भगवानको बास हुने यो वृक्षले दिन्छ सफलता र शान्ति
Chiranjivi Bhandari
साहस खबर | २०८२ साउन १०, शनिबार – हिन्दु धर्मशास्त्रमा पिपल (अश्वत्थ) वृक्षलाई अत्यन्तै पवित्र, शक्तिशाली र देवता स्वरूप मानिन्छ। यो वृक्षलाई ‘विश्व वृक्ष’, ‘चैत्य वृक्ष’ वा ‘वासुदेव वृक्ष’ भनेर पनि चिनिन्छ। यो कुनै सामान्य वृक्ष होइन, पिपलको हरेक पातमा विष्णु भगवानको बास हुने विश्वास गरिन्छ। धार्मिक महत्त्व : पिपलमा ब्रह्मा, विष्णु र महादेव तीनै विराजमान श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले भनेका छन् – “अश्वत्थः सर्ववृक्षाणाम, मूलतो ब्रहमरूपाय, मध्यतो विष्णुरूपिणे, अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः।” अर्थात्, पिपलको मूलमा ब्रह्माजी, बीच भागमा विष्णु र अग्र भागमा शिवजीको बास हुन्छ। यही कारणले हिन्दु धर्ममा






