केपी ओलीको ‘फेसबुक निरीक्षण’ : तराईको सुख्खा
तराईको सुख्खा, किसानको पिडा र सरकारको ‘स्टन’ राजनीति
Chiranjivi Bhandari
काठमाडौं, साउन ७ । “तराईमा सुख्खाग्रस्त क्षेत्रको अवस्था हेर्दै छु”, प्रधानमन्त्री केपी शर्मा ओलीको यो फेसबुक स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल छ। उनले लेखे, “केही बेरमा किसानहरूसँग भेट हुँदैछ। सरकारले राहतका लागि केही दिनअघि नै विशेष निर्णय गरिसकेको छ।” तर आम जनताको प्रश्न चाहिँ ठाडो छ — फेसबुकमा लेखेर सुख्खाग्रस्त किसानको खेतमा पानी झर्ने हो र? मल, बीउ, सिंचाइ र राहतको नाममा देखिने सरकारको रवैया अब शंका होइन, आक्रोशको विषय बनिसकेको छ। प्रधानमन्त्री ओली तराई पुगेर हावामा हात हल्लाउँछन्, किसानका हात भने सुकेका बारीमा मल खोज्दै ठोक्किन्छन्। एउटा गम्भीर कृषि






